आदरणिय महानुभावहरु,गत १ फेब्रुअरिमा मेडस्टोन कम्युनिटी सपोर्ट सेन्टरमा जमघटमा नार्कोन नेपालका राष्ट्रिय निर्देशक श्री वसन्त राज कुँवरले दिनु भएको बक्तब्यमा देहाएका कुराहरु समाबेश गर्नु भएको थियो।
१ बाच्नुको अर्थ के हो?
२ तपाईंले नशा दुर्ब्यशन् रोक्न सक्नु हुन्न तर आफुलाई त्यसबाट टाढा राख्न भने अवस्य सक्नु हुन्छ।
३ यदी तपाईंले नाश गर्नु हुँन्छ भने त्यस्लाई कदापी लुकाउन सक्नु हुन्न।
४ नशा सेवन गर्ने भन्दा उस्को अविभावकले बढी दुक्ख पाउछन।
५ तपाईंले बिचार पुर्याउनु भयो भने राम्रो जीवन ब्यतित गर्न सक्नु हुनेछ।
राम्रो अथवा सफल जीवन के हो त?
क लामो जीवन
ख सम्मानित जीवन र
ग सुखी जीवन
नशा ले कस्तो प्रभाव पार्छ?
सानो मात्राले मान्छेलाई चनाखो बनाउछ
ठुलो मात्राले मान्छेलाई शिथिल बनाउछ
अधिक मात्राले मान्छेलाई बेहोस् बनाउछ
अत्याधिक मात्राले दिमागमा रक्तस्राब गराइ मृत्यु गराउछ
ब्यक्तिले कसरी नशा सेवान गर्न पुग्छ?
डर
लाज
समस्या
दुक्ख: र
समाजमा मिल्न
नशा सेवन गरे पछी ब्यक्तिले यि कुराहरु बिर्शन्छन्:
प्रेम
कर्तब्य
डर
र आत्मा
सम्मानतपाईंको सन्तानले नशा सेवान गरेको कसरी थाहा पाउने?
दुब्लाउदै जानु
ढिलो सम्मा सुट्नु
जिउ दुखेको कुरा गर्ने
विना कारण पैसा माग्नुचोरी गर्नु
आफुले गरेको गल्ती अरुलाई थोपार्नु
समाज बाट टाढिनु
पुलिस देखी डराउनु
र गलत ब्यक्ती हरुको संगत गर्नु
श्री वसन्तराज कुँवर को मुख्य सन्देश थियो कि नशा को कुलत्मा लागेको ब्यक्तिलाई घरमा उपचार् कदापी नगराउनु होला सो कुनै हालतमा सम्भव छैन। त्यस्को लागि संपर्क राख्नु होस्:
नर्कोन नेपालप्रतिज्ञा लागु पदार्थ रोक्थाम तथा पुन:स्थापना केन्द्र
हात्तीगौंडा काठमाडौं नेपाल फोन; ४३७७१२४, ४३७०९८९
र यदी बेलायतमा संपर्क गर्न चाहनु हुन्छ भने:
नन्द बहादुर मल्ल phone: ०७८२५४५९०७ ईमेल: mallaraja57@hotmail.com यस् सम्बन्धमा पर्चा चाहिएमा हरि गुरुङ्लाई संपर्क गर्नु होला। अन्तमा वसन्त कुँवर , वटुक खड्का र नन्द मल्ल ज्यु हरुलाई हार्दिक धन्यबाद्।
No comments:
Post a Comment